२५ चैत्र २०८१, सोमबार | April 8, 2025

समयमै पर्याप्त वर्षा नहुँदा बारा ८० प्रतिशत मात्र रोपाइँ



बारा। समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।

वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानी प्रयोग गरेर रोपाइँ गर्दैआएको र यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने सम्भावना रहेको उनले बताए ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर र अगहनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा जिल्लाको निजगढ लगायत उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताए ।

आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ४७ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग