१९ आश्विन २०८१, शनिबार | October 5, 2024

अनुदान सहायता र सहुलियतपूर्ण ऋण गरी १३ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन



काठमाडौं। सरकारले १३ अर्ब १३ करोड बराबरको सहुलियतपूर्ण ऋण र २ अर्ब २० करोडको अर्को अनुदान सहयता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा १०० मिलियन अमेरिकी डलर अर्थात करिब १३ अर्ब १३ करोड एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन्। यो रकम पब्लिक सर्भिस फाइनान्सियल म्यानेजमेन्ट एजण्ड डेपलपमेन्ट सिस्टमलाई सुधार गर्न खर्च गरिनेछ ।

यस्तै, अर्थमन्त्रालयकै प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले जनाएकी हुन्।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ५ : २८ बजे

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको

४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद्

दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म