२० कार्तिक २०८१, मंगलबार | November 6, 2024

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ : योजना आयोग उपाध्यक्ष डा श्रेष्ठ



काठमाडौं । संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरेकाछन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको तर्क प्रस्तुत गरे ।

समिति सदस्य गोपी आच्छामीले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक दृष्टि आउन नसेको मात्र नभई विचौलीयाको स्वार्थमा आयोजना र बजेट तय हुने गरेको विचार प्रकट गरे ।
राजनीतिक उद्देश्य प्राप्तिपछि विकास र समृद्धिका लागि कृषि, पर्यटन, जडीबुटी र जलस्रोत क्षेत्रको दीर्घकालीन विकासमा राजनीतिक दलबीच राष्ट्रिय बहस हुनपर्नेमा त्यो नदेखिएको उनको भनाइ थियोे ।

सदस्य अच्छामीले भने, “अहिले निर्माणको आवश्यकता भनेको मन्दिर र भ्यूटावर होकि विद्यालय रु” सदस्य शेखर सिहले योजना आयोगबाट आयोजना छनोट गर्दा आवश्यकताका आधारमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर काम गर्न नसक्दा मुलुक खाद्यन्नमा समेत आत्मनिर्भर हुन नसकेको उदाहरण प्रस्तुत गरे ।

सभापति दिलकुमारी रावलले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट र बजेट विनियोजन नहुँदा विसकामा भन्दा विनाशमै राष्ट्रिय ढुकुटी खेर गएको धारणा व्यक्त गरिन् । उनले भनिन, “हामीले छनोट गरेको योजना हुन् वा आयोजना हुन् प्राथमिकीकरण मिलेन, स्थानीयवासीको सहभागिता जुटाउन नसकिएको आयोजनाले दीर्घ जीवन प्राप्त गर्छ भन्नेमा प्रश्न उठन सक्छ ।”

यसअघि बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नेपालको आवधिक योजना र विकासको अवस्थाबारे चर्चा गर्दै आयोजनाबाट पीडित र लाभान्वितबाट प्रस्तुत हुने माग र अवरोध चुनौतीकारुपमा रहेको बताएका थिए ।

उनले भने, “बजेटभन्दा बाहिर आफूखुसी कार्यक्रम सञ्चालन गर्ने, कन्सलटेन्सी, गोष्ठी र भ्रमणमा ठूलो रकम खर्च गर्ने विकास साझेदारको गलत शैली छ ।” मिश्रित, उदार समाजवादउन्मुख अर्थतन्त्रजस्ता विकासको ढाँचा अभाव र अस्पष्टता पनि योजना कार्यान्वयको चुनौतीकारुपमा रहेको बताउँदै उनले वैदेशिक लगानी अत्यन्त न्यून भएकाले पनि असर पारेको उल्लेख गरे।

योजना र कार्यक्रम, बजेट र कार्यक्रम, बजेट र कार्यान्वयनबीच खाडल रहेको तथा राजनीतिक अस्थिरता, कमजोर कर्मचारीतन्त्र, जटिल ऐन, नियम तथा प्रक्रिया र निजी क्षेत्रको प्रतिस्पधात्मक तथा उद्यमशीलताको अभाव पनि योजना कार्यान्वयनका मुख्य कारक भएको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ४५ बजे

डुडुवा गाउँपालिकाद्धारा राप्तीमा शबदाह गृह निमार्ण हुदै

बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा

गण्डकी सरकारका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङेलाई