५ मंसिर २०८१, बुधबार | November 20, 2024

डिस्पेन्सरीबाट संघीय अस्पताल बनेको भेरी अस्पतालको कथा



नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सुबिधिा रहेको भेरी अस्पतालले आज स्थापनाको १३३ वर्ष पुरा गरेको छ । स्थापनाको १३३ वर्ष पुरा गर्दा अस्पतालले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३३ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्र सहित भारतका बिरामीलाई पनि सेवा दिन सक्षम भएको छ ।

जंगबहादुर राणा युरोपबाट फर्केपछि नेपालमा केही आधुनिक कामहरू गर्न खोजेको र त्यसैको परिणाम मध्य एक हो नेपालगन्जको भेरी अस्पताल । युरोपबाट फर्केको केही समयमा १९३३ मा जङ्गबहादुरको मृत्यु भयो । उनको मृत्यु पछि राज्यको बागडोर उनको भाइखलकको हातमा प¥यो । जङ्गबहादुरका भाई बीर शम्सेरले नेपालका केही स्थानमा अस्पताल खोल्ने निर्णय गरे । तत्काल गद्दीमा बसेका पृथ्वी बिरबिक्रमलाई समेत खुसी पार्ने उद्देश्यले बि.सं.१९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नामबाट नेपालगन्जमा अस्पताल खोलियो । त्यसैको विकसित स्वरुप आजको भेरी अस्पताल हो ।

काठमाडौको बीर अस्पताल र नेपालगन्जको पृथ्वी विर अस्पताल डिस्पेन्सरी एकै दिन खुलेको इतिहासमा भेट्न सकिन्छ । त्यसै ताका इलाममा पृथ्वीचन्द्र अस्पताल खेलियो भने पाल्पा र डोटीमा पनि अस्पताल खोलिएका थिए । राणाहरुलाई खुसी पार्न त्यतिबेलाका जमिन्दार सरकारबक्स चौधरीले अस्पताल बनाउन जग्गा दिएको र २०३० ताका तत्कालिन अञ्चलाधिस रामकुमार श्रेष्ठको पहलमा औतारदेशी चोधराईनको नाममा रहेको  जग्गा दान गराई अस्पतालको जग्गा थपिएको थियो ।

राणाहरुलाई खुसी पार्न त्यतिबेलाका जमिन्दार सरकारबक्स चौधरीले अस्पताल बनाउन जग्गा दिएको र २०३० ताका तत्कालिन अञ्चलाधिस रामकुमार श्रेष्ठको पहलमा औतारदेशी चोधराईनको नाममा रहेको  जग्गा दान गराई अस्पतालको जग्गा थपिएको थियो ।

१९४७ देखि पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा चलेको अस्पताललाई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा  प्रसुती केन्द्र नामाकरण गरियो । २०२१ सम्म त्नराज्य लक्ष्मी देवी सेवा  प्रसुती केन्द्र कै नाममा चलेको अस्पताललाई २०२२ सालमा भने भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको हो । प्रसुति सदनको २०२० सालमा महेन्द्रले उदघाटन गरेका थिए । त्यसैबेला अस्पतालको स्तरउन्नती गर्दै २० शैयाको बनाइएको थियो । तर साहित्यकार तथा इतिहासकार सनत रेग्मीले भने रत्नराज्य भन्दा पहिला इन्द्रराज्य लक्ष्मी प्रतिष्ठानको नाममा प्रसुती सदन चलाइएको दाबी गर्छन् । उनले आफ् सानोमा खेल्न जाँदा इन्द्र राज्य लक्ष्मीको नाम देखेको स्मरण गरे ।

नेपालमा पर्याप्त अंग्रेजी दबाई नआइसकेको त्यस बखत औषधी गर्नु कम चुनौतीको विषय थिएन । त्यसमा पनि औलो रोगको खानीकारुपमा चिनिने नेपालगन्जमा औलोसँग प्रतिरोध गर्ने थारु समुदाय बाहेक अन्यको जिवन निकै कस्तकर मानिन्थ्यो ।

नेपालमा पर्याप्त अंग्रेजी दबाई नआइसकेको त्यस बखत औषधी गर्नु कम चुनौतीको विषय थिएन । त्यसमा पनि औलो रोगको खानीकारुपमा चिनिने नेपालगन्जमा औलोसँग प्रतिरोध गर्ने थारु समुदाय बाहेक अन्यको जिवन निकै कस्तकर मानिन्थ्यो ।

नेपालगन्जमा आधुनिक चिकित्सा भित्राउनमा डा. रघुवीर दयाल, डा फनिन्द्र गुप्ता, डा जगदिश सिंह, डा तारापद शाह लगायतलाई श्रय जान्छ । साथै श्रीवास्तर ड्रेसर र चटर्जी दाजुभाइले चलाएको फार्मेसी पनि नेपालगन्जको आधुनिक चिकित्साका स्मरणहरु हुन् । त्यतिबेला सम्म अस्पताल १५ शैयाको मात्र रहेको थियो ।

२०१४ मा नेपालगन्जमा ठुलो हैजाको महामारी फैलंदा एकजना अघोरी बाबाले गरेको ब्यवस्थापनमा सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको नेपालगन्जका पाका स्थानीबासी स्मरण गर्दछन् । अस्पतालमा रहेको १५ शैयाले नधानेपछि सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको बताइन्छ । २०२२ सालमा भेरी अञ्चल अस्पताल बनाइएसँगै अस्पताललाई ५० शैयाको बनाइएको थियो ।

त्यतीबेला मेडिकल सुपरिन्टेन्ड भन्ने पद थिएन । अस्पतालको प्रमुखलाई ‘सिभिल सर्जन’ भनिन्थ्यो  । २०३०–३२ साल तिर डा योगेन्द्र मान सिंह प्रधान सिभिल सर्जन बनेर आए  । त्यसपछि बिस्तारै बिशेषज्ञ चिकित्सकहरूको पनि आगमन हुन थाल्यो  ।

त्यतीबेला मेडिकल सुपरिन्टेन्ड भन्ने पद थिएन । अस्पतालको प्रमुखलाई ‘सिभिल सर्जन’ भनिन्थ्यो  । २०३०–३२ साल तिर डा योगेन्द्र मान सिंह प्रधान सिभिल सर्जन बनेर आए  । त्यसपछि बिस्तारै बिशेषज्ञ चिकित्सकहरूको पनि आगमन हुन थाल्यो  ।

डा सन्तोषमान श्रेष्ठ, डा कपिला श्रेष्ठ, डा शोभना श्रेष्ठ, डा धर्मशरण मानन्ध, डा एन्डी जोशी, डा सुधाकर अनिल थपलिया, डा रमानन्द सिन्हा जस्ता चिकित्सक सिभिल सर्जनहरूको अस्पताललाई आधुनिकरण गर्न ठुलो योगदान रहेको छ ।

२०३७ साल सुरुहुँदा सम्म भेरी अञ्चल अस्पताल रिफरल सेन्टरका रूपमा विकास भइसकेको पाइन्छ । २०३७ पछि नै आकस्मिक कक्ष, अन्तरंग विभाग, बहिरंग विभाग, एक्सरे, ल्याब गरि विविधिकरण भएको हो  । त्यसै ताका ओ.पी.डी, सर्जिकल, मेडिकल, गाइनो, पेडियाट्रिक्स वार्डहरुको स्थापना भएका थिए ।

डा दुर्गा प्रधान, डा उषा शाह, डा एम किदवाइ, डा गोपाल श्रेष्ठ, डा माधव खनाल र डा एन अग्रवालको आगमनले अस्पताललाई तत्कालिन मध्य र सुदुर पश्चिम सहित भारतको बहाराईच सम्मका बिरामीलाई सेवा दिन सक्ने अस्पतालका रुपमा स्थापित हुन पुग्यो ।

२०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भईरहेको अवस्थामा मिति २०६१ भाद्रबाट १०० शैयाबाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको छ । संघीय सरकारले निर्णय गरेपनि आर्थिक अभावका कारण संचालन गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाइ बताउँछन् । देश संघिय संरचनामा गए पछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश नं–५ अन्तर्गत राखिएको यस अस्पताललाई हाल नेपाल सरकारको निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल राखिएको छ ।

इतिहासका बिभिन्न कालखण्डमा आरोह अवरोह पार गर्दै भेरी अस्पता अहिले कर्णाली र सुदुर पश्चिम सहित लुम्बिनी प्रदेशको आधाभन्दा बढी जनतालाई सेवा दिने अस्पतालकारुपमा रहेको छ भने अस्पतालमा भारतबाट समेत उपचार गर्न आउने बिरामीको संख्या ठुलो रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाइ बताउँछन् ।

अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेडिकल सुपरिटेन्डेन्ट डा चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताए ।

उनले केही दिनअघि अत्याधुनिक एमआरआई मेसिन अस्पताल भित्र्याइएको जानकारी दिँदै भौतिक पूर्वाधारको विकास पनि क्रमिकरुपमा भइरहेको बताए । सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ ।

अस्पतालमा अहिलेसम्म वर्षमा एक लाख ८० हजार चार सय ३२ ले सेवा लिएका छन् । एक सय ६५ बेड रहेको सो अस्पतालमा इमर्जेन्सी सेवामा २५ बेड रहेको छ ।

अस्पतालका बिभिन्न कालखण्डको इतिहास लिपिबद्ध नभएपनि अस्पतालमा मेसुकारुपमा डा. प्रकाश थापा र त्यस पछि डा चापागाई आएपछि अस्पतालको इतिहास खोज्दै स्थापना दिवस मनाउन थालिएको हो ।

सन्दर्भ सामाग्री : अस्पतालको स्मारिका अक्सिजन
साहित्यकार सनत रेग्मी
सचितानन्द चौबे

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ११ : ४१ बजे

किएभस्थित अमेरिकी दूतावासद्वारा हवाई आक्रमणको चेतावनी

वासिङ्टन । युक्रेनले पहिलो पटक रूसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा

स्थानीय तह उपनिर्वाचन : रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध

काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनअन्तर्गत रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिका-२

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५