१४ पुस २०८१, आइतबार | December 29, 2024

नेदरल्याण्डमा कार बोकेको कार्गोमा आगलागी, एक भारतीय चालकको मृत्यु



एम्सटरडम । नेदरल्यान्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।

सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । यो जहाजमा सामान बोकेका ३ हजार कार थिए । जहाजका मालिक जापानका शोई किसेनले जहाजमा रहेका २१ चालक दलका सबै सदस्य भारतीय रहेको बताए । उद्धारका लागि घटनास्थल पुगेका जहाजले आगो निभाउने प्रयास जारी राखेका छन् ।

डच समाचार एजेन्सी एएनपीका अनुसार आगो नियन्त्रणमा लिन धेरै दिन लाग्न सक्छ किनभने यसमा धेरै सामानहरू छन्। आगो निभाउन लगातार पानी छर्किए पनि पानी बढी भएकाले जहाज डुब्ने खतरा छ । जर्मनीबाट इजिप्ट जाँदै गरेको १९९ मिटर अग्लो पानामेनियन जहाज फ्रेमेन्टल हाइवेमा मंगलबार राति नेदरल्यान्ड्सको तटमा आगलागी भएको थियो ।

नेदरल्याण्ड्सस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा भनेको छ- यस दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतकका आफन्तसँग सम्पर्कमा रहेकाले छिट्टै शव भारत पठाइने छ । दूतावासले दुर्घटनामा घाइते भएका २० जनासँग पनि सम्पर्कमा रहेको र उनीहरुलाई जहाज सञ्चालन कम्पनीसँग समन्वय गरी आवश्यक सबै सहयोग उपलब्ध गराइएको जनाएको छ ।

मालवाहक जहाजमा कसरी आगलागी भयो भन्ने कारण भने खुल्न सकेको छैन । यद्यपि, कोस्ट गार्डका प्रवक्ताले रोयटर्सलाई भने कि जहाजमा रहेका लगभग २५ कारहरू विद्युतीय थिए। यी मध्ये एकले आगो सुरु गरेको हुन सक्छ। जहाजमा आगो लाग्नेबित्तिकै चालक दलका सदस्यहरूले आफैं निभाउने प्रयास गरेका थिए। त्यसपछि रोटरडमबाट आगो निभाउने विशेषज्ञ बोलाइयो तर त्यतिन्जेल स्थिति अनियन्त्रित भइसकेको थियो ।

त्यसपछि धेरै चालक दलका सदस्य फसे पछि डरले पानीमा हाम फालेका थिए ।  उनीहरुको उद्धारका लागि डुङ्गा र हेलिकप्टरको प्रयोग गरिएको थियो । अहिले सबै घाइतेहरु खतरामुक्त रहेको र उनीहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : २४ बजे

घुससहित किताब खानाका शाखा अधिकृत पक्राउ

काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल