३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा आउनुभएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ०७ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day