२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीले ल्याए विश्वस्तरीय नतिजा



काठमाडौ । ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरिय नतिजा ल्याएका हुन् ।

बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा विश्वस्तरिय नतिजा ल्याएका हुन्। थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए। त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका छन् ।

यसअघि बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरु रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । पूर्वविद्यार्थीहरुको पाइला पछ्याउँदै यस पटक पनि कलेजका तीन विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परिक्षामा विद्यार्थीहरुको नतिजा असाधरण रहेको बताइन्। एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परिक्षा निकै कठिन हुन्छ, यस्तो परिक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो। विद्यार्थीहरुलाई उनीहरुको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहान्छु । साथै, विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरुलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ ।’

निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो । त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ०१ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका