३० चैत्र २०८१, शनिबार | April 12, 2025

राजश्वले बरामद गरेको सुनभएको पोकाको तौल १५५ केजी, सुनको खुद तौल आउन १ साता लाग्ने



काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुनको पोको खुद तौल १५४ किलो भएको छ । टक्सार विभागले विभागले पाठाएको पाकाको तौल १५४ केजी ४६८ ग्राम ठहर भएको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् ।

सुन कति छ भनेर पत्ता लगाउन पोका खोल्नु पर्ने र गालेर ठहरिएको तौल मात्र अन्तिम तौल हुने उनले बताए । विभागले पठाएको सुनलाई मुचुल्का उठाएर महाशाखाको ढुकुटीमा राखिएको आचार्यले जानकारी दिए ।

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् ।

आचार्यले विभागबाट आएका प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन एक हप्तासम्म लाग्न सक्ने बताए ।

उनले सुनको अन्तिम तौल निकाल्न गालेर जोख्नुपर्ने बताउँदै ‘सम्बन्धित निकायबाट सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ४९ बजे

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा