५ आश्विन २०८१, शनिबार | September 21, 2024

मिटरब्याज विरुद्धको विधेयक संसदबाट सर्वसम्मत पारित



काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० सर्वसम्मत पास गरेको हो ।

संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने विषयमा विधेयकमा संशोधन गर्न स्वीकार गरेसँगै विधेयक सर्वसम्मत पास भएको हो ।

राष्ट्रियसभाबाट यस अघि नै पारित भइसकेको यो विधेयक प्रतिनिधिसभाले पारित गरेपछि अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । दुबै सदनले पास गरेको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।

मिटरब्याजलाई अनुचित लेनदेन मानेर कारवाहीका लागि कानुनी दायरामा ल्याउन सरकारले २० वैशाखमा अध्यादेश ल्याएको थियो । संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक २० असारभित्र पारित गरिसक्नुपर्ने भएपनि एमाले र राीवपाले संसद अवरुद्ध पारेपछि सो विधेयक निश्क्रिय बनेको थियो ।

२० असारमा पारित गर्ने कार्यसूची राखिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्ति दिएको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले संसद अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ४४ बजे

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौं । नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक

Transforming Qingshen through Bamboo: A Village’s Green Journey

As we slowly leave Chengdu city via the Third Ring

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित

नामिबियामाथि युएईको कीर्तिमानी जित

काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित