१२ आश्विन २०८१, शनिबार | September 28, 2024

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ



काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् ।

परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५८ बजे

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय