२२ भदौ २०८१, शनिबार | September 8, 2024

३७५६ जना विद्यार्थीले दिए अक्सफोर्ड मावि कक्षा ११ को प्रवेश परीक्षा



बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलमा कक्षा ११ मा पढ्नको लागि आज भएको प्रवेश परीक्षामा हजारौं विद्यार्थीहरूको सहभागीता भएको छ ।

विगत देखि नै उत्कृष्ट रिजल्ट ल्याउन सफल अक्सफोर्ड माविले अहिले संस्कार सहितको शिक्षा दिने पाठ्यक्रम लागू गरेसङ्गै अभिभावक तथा विद्यार्थीहरूको आकर्षण ह्वात्तै बढेको हो ।

अक्सफोर्ड मावि बुटवलमा विज्ञान, ब्याबस्थापन तथा शिक्षाशास्त्र संकायमा पढाइ हुने गर्दछ । आज विद्यालयले ल्याएको परीक्षामा सम्पूर्ण संकायमा गरी कुल ३७५६ जना विद्यार्थीहरूले परीक्षा दिएका छन् । बिहान ७:३० बजे सुरू गरेको परीक्षामा अक्सफोर्ड माविको विद्यालय भवन, प्लस टु भवनमा सञ्चालन गरिएको थियो । सयौं अभिभावक तथा हजारौं विद्यार्थीहरूको सहभागीतामा भएको परीक्षामा एक घण्टाको समय निर्धारण गरिएको थियो ।

रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्डले अहिले पनि विभिन्न संकायमा उत्कृष्ट रिजल्ट ल्याउने गरेको हुदा विद्यार्थीहरूको आकर्षण बढेको प्राचार्य दिनेश भुसालले बताए । रिजल्ट सङ्गै भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरूको चाप बढेको हुदा भोलिदेखि भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गरे । अक्सफोर्डमा विज्ञान, ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा बिहानी तथा दिवा समयमा पढाइ हुने र अहिले ७५० जना विद्यार्थीहरू राख्ने योजना भएको बिहानी सत्र इन्चार्ज नारायण सापकोटाले बताए । साथै भर्खरै प्रकासन भएको BHM को नतिजामा अक्सफोर्ड कलेज नेपाल प्रथम र BIM को नतिजामा विशाल खनालले ३.८० GPA सहित लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३७ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर