३० चैत्र २०८१, शनिबार | April 12, 2025

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् ।

कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाको समेत सहभागिता हुनेछ । फोरममा सहभागितामुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबार बेइजिङ फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठको चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटघाट हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ३९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको