४ चैत्र २०८१, सोमबार | March 17, 2025

कान्ति राजमार्गलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउँछौँ : मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन् । काठमाडौँ उपत्यकालाई तराई मधेशसँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।

सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि रु तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ ।

राजमार्गको विभिन्न ठाँउमा वर्षायाममा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरुद्ध हुन पुगी पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ । पहिराका कारण बिग्रन गएको सडक पुनःनिर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाललगायत संरचनाका लागि स्रोतको अभाव हुने गरेको छ । जथाभावी रुपमा पहुँच सडक निर्माण गरिदा पानीको निकासलगायतका समस्या रहेको छ । कमजोर भूबनोटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ ।

स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रुपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए । उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिए । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : १७ बजे

पूर्व विशिष्टलाई सेवासुविधा दिन कानुन बन्दै गरेको गृहमन्त्रीबाट स्वीकार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर

एनआरएनए : मे महिना पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने

काठमाडौँ ।  सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’

काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र

लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना

कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना

मनाङमा एसइई परीक्षा दिनेको संख्या ४६ जना मात्र

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस