२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जिल्लामै उत्कृष्ट बन्यो अक्सफोर्ड मावि,अभिषेक खनाल र दर्शन खनालले ल्याए ३.९५ जिपिए



बुटवल । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७९ को नतिजा सार्वजनिक गरेको छ । जसमा बुटवलबाट अक्सफोर्ड माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकाे छ ।

विद्यालयबाट सम्मिलित १४७ जना विद्यार्थीहरू मध्ये २ जना विद्यार्थीहरू दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् भने माधवी भट्टराई र पुजा बन्जाडे ३.९ जिपिए प्राप्त गरेका छन् । विद्यार्थीको अत्याधिक रोजाइमा पर्न सफल विद्यालय अक्सफोर्डमा ३.६० भन्दा माथि जिपिए ल्याउने ३२ जना ,३.६ सम्म ल्याउने ६४ जना र ३.२ भन्दा माथि ल्याउने ४९ जना रहेका छन ।

रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्ड अहिले पनि जिल्लामै उत्कृष्ट भएको दाबी गरेको छ । नतिजाको समिक्षा गर्दा रूपन्देही जिल्ला शैक्षिक हवको रूपमा परिणत भएता विगतको बर्ष भन्दा यस बर्ष नतिजा त्यति राम्रो नआएता पनि समग्र नतिजाको विश्लेषण गर्दा अक्सफोर्ड नै उत्कृष्ट भएको प्राचार्य दिनेश भुसालले बताए ।

रिजल्ट आएसङ्गै भोलिदेखि भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरूको चाप बढेको हुदा २-३ दिनमै भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गरे । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : २२ बजे

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध