२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

गुगलले आफनो ग्लोबल फिन्टेक गुजरातमा खोल्ने



वाशिंगटन । गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्ने भएको छ ।

गुगल कम्पनीका सीईओ सुन्दर पिचाईले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सो घोषणा गरेका हुन ।

उनले मोदी सरकारको प्रमुख अभियान ‘डिजिटल इन्डिया’ का लागि प्रधानमन्त्री मोदीको दृष्टिकोणको समेत प्रशंसा गरेका छन् ।

समाचार एजेन्सी एएनआईले सुन्दर पिचाईलाई उद्धृत गर्दै भन्यो, प्रधानमन्त्री मोदीको अमेरिकाको ऐतिहासिक भ्रमणको क्रममा भेट्न पाउनु सम्मानको कुरा थियो। हामीले भारतको डिजिटाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा मोदीसँग साझा गर्यौं र गुगलले ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्दछौं भन्ने जानकारी पनि दियौं ।’

गुगलका सीईओले भने, ‘डिजिटल इन्डियाका लागि प्रधानमन्त्रीको भिजन समयभन्दा अगाडि थियो र अब म यसलाई अन्य देशहरूले के गर्न खोजिरहेका छन् भन्ने खाकाको रूपमा हेर्छु।’

भारतीय मुलका गुगलका सीईओ पिचाईले राष्ट्रपति वाइडेनले दिएको पार्टीमा सहभागी हुने क्रममा सो जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ३७ बजे

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको