१० मंसिर २०८१, सोमबार | November 25, 2024

लागुऔषधसहित १० जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा विस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम दाङ बबई गाउँपालिका-३ बस्ने २८ वर्षीय भरत कुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.७ प ६०२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक केसीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकै कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय नन्दराम गडरिया र २० वर्षीय अनिल हरिजन गौतम रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ६३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहनगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय योगेन्द्र बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय आशिष भण्डारी र सोही ठाउँ बस्ने २३  वर्षीय राजेन्द्र बोहरा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ९९ मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे, झापा गाउँपालिका-४ स्थित झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय २० मिलिग्रामसहित काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगरलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ०० बजे

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । मन्थली नगरपालिका-७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए

प्रधानमन्त्री ओलीले आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण

ढोरपाटनमा चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

बागलुङ । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न

पश्चिम नवलपरासीमा एक करोड बढी मूल्यको सालका काठ सड्दै

नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका