२९ पुस २०८१, सोमबार | January 13, 2025

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण, भेटेरिनरी अस्पतालमा छैन भ्याक्सिन



नेपालगन्ज । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।

जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिए । “केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन”, उनले भने ।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उनको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु सङ्क्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको उनले बताए ।

सचिव डा न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उनले भने ।

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिए । उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।

लुम्बिनी प्रदेशमा ७४ हजार दुई सय ८९ पशु लम्पी स्किन रोगबाट पशु सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई हजार सात सय ८० पशुको मृत्यु भएको भने प्रदेशका पाँच हजार सात सय ५० पशुलाई भ्याक्सिनेसन गरिएको पशु अस्पताल बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  २ : १६ बजे

रवि लामिछाने आज पनि काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

अर्थसहित पाँच समितिको बैठक बस्दै, स्वास्थ्यमन्त्री पनि जाँदै

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।

आजको मौसम : पाँच प्रदेशमा फाटफुट वर्षाको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ

श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा