धनगढी । सुदूरपश्चिम प्रदेशको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहकी पत्नी सहित २ जनाको मृत्यु भएको छ ।
डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री पत्नी अम्रिता देवी सिंह र मन्त्रीका आफन्त जया देवी सिंह रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाइते भएका मन्त्री सिंह र सुरक्षा गार्ड दिपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पठाइएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जानकारी दिए ।
चालक धर्मराज जोशीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया