२८ पुस २०८१, आइतबार | January 12, 2025

हार्बड विश्वविद्यालयमा मानव अङ्गको व्यापार हुने गरेको खुलासा



न्युर्योक । अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ । समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो भने त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।

श्रीमान श्रीमतीले हार्वर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरुको पर्दाफास भएको छ । दुवैमाथि कारबाही भइरहेको छ । यसका लागि उनलाई १५ वर्षको जेल सजाय हुन सक्छ ।

बीबीसीको रिपोर्ट अनुसार सेड्रिक लज नामका एक व्यक्ति हार्वर्ड मेडिकल स्कूलको शवगृहमा प्रबन्धक थिए । अमेरिकाभरबाट दान गरिएका शवहरू यहाँ ल्याइने गरिन्थ्यो । तर, सेड्रिकले आफ्नी श्रीमती डेनिशसँग मिलेर शवका अङ्गहरू चोर्ने गर्थे ।

श्रीमान श्रीमतीले ती अंगहरु अनलाइनमार्फत बेच्ने गरेको खुल्न आएको छ, जुन कार्यका लागि उनको नेटवर्क देशभर फैलिएको थियो । रिपोर्टका अनुसार मृतकको अंग चोर्ने यो काम धेरै वर्षदेखि चलिरहेको थियो ।

सेड्रिक र उनकी श्रीमतीले लाशहरूबाट अंगहरू मात्र चोरेका थिए, जसले कालो बजारमा उच्च मूल्यमा बिक्रि हुने गरेको थियो । समाचार अनुसार दुबैले प्रायः शवको टाउको, हड्डी, छाला र मासु निकालेर बेच्ने गदर्थे ।

कयौं पटक सेड्रिकले आफ्ना ग्राहकहरूलाई शवगृहमा नै बोलाएर मृत शरीरबाट आवश्यक पर्ने भागहरू बेच्ने गरेको पनि खुल्न आएको छ । चार्जिङ स्टेटमेन्टका अनुसार सन् २०२० मा सेड्रिकले म्याक्लिन नामक महिलालाई शवको अनुहारको छाला बेचेका थिए । यसका लागि म्याक्लिनले सेड्रिकलाई करिब ५० हजार रुपैयाँ दिएका थिए ।

प्रारम्भिक अनुसन्धानले के देखायो भने म्याक्लिनले पसल चलाउने गर्थिन, जुन पसलमा डरलाग्दो खेलौना बनाएर बेचिने गरिन्थ्यो । यस्तो अवस्थामा म्याक्लिनले शवको अनुहार ती खेलौनाहरुमा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

म्याक्लिनले पुतलीमा रगत प्रयोगसमेत गर्दै आएकी थिइन् । यो रहस्य खुलासा भए पछि म्याक्लिनले मृतकको शरीरका अंगबाट डरलाग्दो पुतली बनाउने गरेको आशंका गरिएको छ ।

सेड्रिक र तिनकी श्रीमतीले अर्को ग्राहकको विवरण समेत समावेश गरेका छन्, जुन धेरै अनलाइन भुक्तानीहरू पनि समावेश गरिएको छ ।

जस्तो कि, यस्तै एउटा भुक्तानीमा ‘हेड नम्बर ७ को लागि १ हजार डलर’ लेखिएको फेला परेको थियो । जसका आधारमा यसअघि पनि सेड्रिकले कम्तीमा ६ शवको टाउको बेचेर १ हजार डलर अर्थात् प्रत्येक टाउकोको करिब ८० हजार रुपैयाँ लिएको बताइएको छ ।

सेड्रिकले विगत ४ वर्षमा ग्राहकसँग मात्रै ५० लाख रुपैयाँभन्दा बढीको सम्झौता गरेको खुलेको छ । यी शरीरका अंगहरू परम्परागत औषधि बनाउन र अवैध अनुसन्धानमा प्रयोग गरिन्थ्यो ।

साथै, धेरै ठाउँहरूमा मानिसहरूले शौखका रूपमा पनि आफ्नो घर वा फार्म हाउसहरूमा मानव खप्परहरू सजाएको पनि खुलेको छ, त्यस्ता मानिसका लागि पनि उनीहरुले  चर्को मूल्यमा मानव शरिरको बेच्दथे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ३४ बजे

काठमाडौं अदालतमा रवि लामिछानेको सकियो बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं

इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग

दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने

नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ

रुपन्देही परिवहन प्रालिमा नयाँ नेतृत्व चयन

बुटवल । रुपन्देही परिवहन प्रा.लि, बुटवलको नवनिर्वाचित सञ्चालक समितिले एक

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष