काठमाडौं । जिम्बाबेमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल र जिम्बाबेबीच खेल भइरहेको छ ।
जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २ विकेट गुमाइसकेको छ । नेपालका उत्कृष्ट साझेदारी गरेका कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट भएका हुन् ।
९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोडेर कशुल आउट भए । यसपछि आउट भएका आसिफले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका छन् ।
यो समाचार तयार पर्दासम्म नेपालले ३६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८७ रन जोडेको छ ।
प्रतिक्रिया