२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कृतिका बनिन् मिस एसईई नेसनल २०२३



काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।

३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको