२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर



बुटवल । सुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित बिहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक सहयोगमा सवारी चालकहरुका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले  ट्राफिक नियमको पालना अरुका लागि नभई आफ्नै लागि हो भन्ने  भावनाको विकास गर्न आवश्यक रहेको बताए । दुर्घटना न्युनिकरणका लागि सबैभन्दा बढी सवारी चालकहरु नै सचेत हुन आवश्यक रहेको बताउँदै उनले यात्रुहरुले समेत त्यस कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित र सहज यात्राको कामना’- भन्ने मूल नारासहित शिविरको आयोजना गरिएको हो ।

सो अवसरमा बोल्दै सुरक्षियात्रा नेपालका कृष्ण प्रसाद बेलबासेले सुरक्षित यात्राले सबै यात्रु तथा चालक-सहचालकको अमुल्य जीवन बाच्न सक्ने उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष विस्वास ढकालले दुर्घटना न्यूनीकरणका लागि सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ०७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको