११ पुस २०८१, बिहिबार | December 26, 2024

‘नीरफूल’को विशेष प्रदर्शनी



काठमाडौं । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए ।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उनले भने, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरीन । उनले भनिन, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन रु भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरीन । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत–सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उनले भनिन ।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उनले भने ।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ३० बजे

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा

बुटवलमा भोलिदेखि प्रदेश स्तरीय लुम्बिनी क्लासिक-२०२४ पावर लिफ्टिङ प्रतियोगिता हुने

बुटवल । एक्टिभ प्लस फिटनेसको आयोजनामा भोलि शुक्रबारदेखि बुटवलमा प्रदेश

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै