१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

पाकिस्तानी प्रहरीले दुईको हत्या गरे पछि स्थानीयद्धारा प्रहरी चौकीमा आक्रमण



कराँची । कराँचीमा भएको एक हत्यापछि भीडले प्रहरी चौकीमा आक्रमण गरेको छ । गत शुक्रबार राति कराँचीमा एक व्यक्तिको गोली हानी हत्या गरिएको घटनालाई लिएर प्रहरी चौकीमा आक्रामण गरिएको हो ।

सो घटनापछि एक भीडले शंकास्पद व्यक्तिलाई कुटपिट गर्न प्रहरी चौकीमा आक्रमण गरेको थियो। मिडिया रिपोर्टका अनुसार शुक्रबार सुरजनी टाउन प्रहरी चौकी बाहिर गोली चलाउने संदिग्धलाई हिरासतमा लिएपछि एकाएक अराजकता मच्चिन पुगेको थियो ।

सो अघि भएको घटनामा आक्रमणकारीले यारो गोठ क्षेत्रमा डाँका भएको आशंकामा दुई जनालाई गोली हानेको पाकिस्तानी प्रहरीलाई बताएको छ । जसमध्ये अस्पताल लैजादै गर्दा एक जनाको मृत्यु भएको हो ।

मृतकका आफन्तले अभियुक्तलाई कारबाही गर्न माग गर्दै प्रहरी चौकी बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा भीडले प्रहरी चौकीमा प्रवेश गर्न खोज्दै ढुंगामुढा गरेको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले चार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : १५ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध