१२ पुस २०८१, शुक्रबार | December 28, 2024

पत्रकार महासंघ सदस्यता शुद्धिकरण : चौतारीले बुझायो ज्ञापनपत्र



बुटवल । पत्रकार महासंघ रुपन्देहीले गरेको प्रत्रकार शुद्धिकरण प्रस्तावलाई अस्वीकार गरेको एमाले निकट पत्रकार संगठन प्रेस चौतारीले महासंघको कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ रूपन्देहीले गरेको सदस्यता शुद्धिकरण पूर्वाग्रहीपूर्ण रहेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले असहमति सहतिको ज्ञापनपत्र बुझाएको हो ।

चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी रूपन्देही दृढ रहेको उल्लेख गर्दैै तर पत्रकार महासंघ रुपन्देहीले शद्धिकरण मापदण्डलाई वेवास्ता गरिएको ज्ञापनपत्रमा लेखिएको छ । “नेपाल पत्रकार महासंघ रूपन्देहीले गरेको निर्णय एकपक्षीय, पूर्वाग्रही र सुनियोजित रहेको ठहरसहित प्रेस चौतारी रुपन्देही अस्वीकार गर्दछ”–ज्ञापनपत्रमा भनिएको छ ।

पत्रकार महासंघ रूपन्देहीलाई यो शुद्धिकरण अभियान एउटा अवसर रहेको, जसले आगामी दिनमा नेपाल पत्रकार महासंघको आन्तरिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै ज्ञापनपत्रमा पत्रकार महासंघप्रतिको सामाजिक छवि पनि उचो बन्ने अवसरलाई महासंघले गुमाएको उल्लेख छ । आग्रह, पूर्वाग्रह राखेर सदस्यता शुद्धिकरण गरिएकोले महासंघको मर्म र गरिमामाथि प्रहार भएको ज्ञापनपत्रमा आरोप लगाइएको छ ।

शुद्धिकरणमा पर्नैपर्ने वर्षौंदेखि पत्रकारिता नगरेका सदस्यहरुलाई कुनै संगठनको सदस्य भएकै आधारमा जोगाउने र कुनै संगठनको सदस्य भएको आधारमा हटाउने निर्णय तत्काल सच्याउन प्रेस चौतारी रुपन्देहीले माग गरेको छ ।

आफ्नो मागलाई गम्भीरतापुर्वक लिई यथाशीघ्र निर्णय नसच्याएमा चरणवद्ध आन्दोलनमा जाने चेतावनी पनि चौतारीले ज्ञापनपत्र मार्फत भनिएको छ । महासंघलाई सांच्चिकै सबै विचार र आस्थामा आवद्ध पत्रकार, पत्रकार सम्बद्ध संगठनहरुको साझा संस्था बनाउने हो भने निर्णय सच्चाउनुको विकल्प नरहेको चौतारीको ज्ञापनपत्रमा भनिएको छ । बाहिर सदस्य शुद्धिकरणका आकर्षक कुरा गर्ने तर भित्र अर्कै ढंगले योजना बनाएर गरिने निर्णयको सबै ढंगले प्रतिवाद गर्दै अघि बढ्ने पनि प्रेस चौतारीले जानकारी गराएको छ । सदस्यता शुद्धिकरणलाई पारदर्शी र खुला ढंगले अघि बढाउने काममा आफ्नो संगठन सधैं सहयोग गर्न तयार रहेको चौतारीले जनाएको छ ।

ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले सदस्यता शुद्धिकरणलाई खुला र पारदर्शी गर्ने गरी यसअघि भएको छलफल र बैठकमा भएको निष्कर्ष अनुसार अघि बढ्न आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यता शुद्धिकरणको विषय अझै छलफलको क्रममै रहेकाले सबै विषयमा आवश्यक छलफल गरेर अघि बढ्न तयार रहेको र त्रुटी भएको भए सच्याउन पनि तयार रहेको बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : २९ बजे

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द