१२ आश्विन २०८१, शनिबार | September 28, 2024

एन्फा-क्लब विवाद : आजबाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने



काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट स्थगित हुन पुगेको छ । जुन १५ गते देखी सुरु हुन लागेको साफ च्याम्पियनसिपका तयारीका लागि हिजोबाट सुरु भएको प्रशिक्षण आजबाट स्थगित भएको हो ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिग जारी रहेको बखतमा खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको भन्दै क्लबहरुले असहमति जनाएपछि आजबाट प्रशिक्षण बन्द गरिएको हो ।

‘यही जुन २१ बाट सुरु हुने साफ च्याम्पियनसिप र सोका लागि तयारी स्वरुप जुन १५ मा फिलिपिन्ससँग नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न लागेको मैत्रीपुर्ण खेलका लागि मिति २०८० जेठ १८ बाट राष्ट्रिय टोलीले शुरु गरेको प्रशिक्षण मिति २०८० जेठ १९ गते बिहान दशरथ रंगशालामा पुर्वनिर्धारित समयमा हुने र ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरिएको सबैमा जानकारी गराउँदछु,’ प्रवक्ता, सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरु एन्फा असन्तुष्ट बन्दै खेलाडी नपठाउने घोषणा गरे पछि एन्फा आफनो निर्णयबाट पछि हटन बाध्य भएको हो ।

राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई बिहीबार बिहानबाट प्रशिक्षणका लागि बोलाएका थिए ।

साथै, क्लबहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म जेठ १९ गतेदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १३ बजे

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

धादिङ । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय

एन्फा एकेडेमीका ६ वटै बालकको शव भेटियो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत

कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ