१० बैशाख २०८२, बुधबार | April 23, 2025

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता



काठमाडौं मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ११ : ०४ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा