२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पूर्वराजा ज्ञानेन्द्रको जुम्ला पछि धनगढीको कार्यक्रम पनि स्थगित



नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको सुदुरपश्चिमको धनगढीको अभिनन्नदन कार्यक्रम स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषित नेपालबन्दको कार्यक्रम फिर्ता लिएपनि पूर्व राजा शाहले आफ्नो पूर्व घोषित धनगढीमा अभिनन्दन थाप्न जाने कार्यक्रम स्थगित गरेका छन् । उन्मुक्तिको बन्दको घोषणासंगै शाहको धनगढी यात्रा स्थगित भएको हो ।

धनगढीमा राजाबादीहरुले गर्न थालेको अभिनन्दन थाप्न पूर्वराजा आज धनगढी जाने कार्यक्रम थियो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको जानकारी दिए। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। केहीदिन अघि मौसमको कारण देखाउँदै शाहले जुम्ला जाने कार्यक्रम पनि स्थगित गरेका थिए ।

पूर्वराजा बैशाख १५ गतेदेखि नेपालगन्जलाई मुकाम बनाउँदै आफ्ना समर्थकहरुलाई संघीय गणतन्त्रका विरुद्ध उकास्ने देखि लखनउ पुगेर नेपालमा हिन्दु राष्ट्र फर्काउन उत्तरप्रदेशका मुख्यमन्त्रीसँग याचना गरिरहेका छन् । नेपालगन्ज बसाईकै क्रममा उनले उत्तर प्रदेशको राजधानी लखनउ पुगेर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । १० दिने भारत भ्रमण सकेर शाह बिहिबार मात्र नेपालगन्ज फर्किएका थिए ।

शाहलाई बाँकेमा सांसद डा. धवल शम्सेर राणाको अगुवाईमा गत बैशाख २० गते नेपालगन्जमा अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १ : ५५ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका