विराटनगर । कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास परिसदका सदस्य सचिव हंशराज वाग्लेको पद थामिन पुगेको छ ।
कोशी प्रदेश सरकारलाई उच्च अदालतले वानग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो ।
कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा पुगेका थिए ।
उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते र दोस्रो पटक बैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।
तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ ।
प्रतिक्रिया