२८ मंसिर २०८२, आइतबार | December 14, 2025

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेकाे आज पनि उद्दार प्रयास हुदैँ



दार्चुला । मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरुलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिवार दार्चुलाको व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलवार बिहान पुनः प्रयास गरिन लागिएको हो  ।

सो चटयाङवाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई आज फेरी उद्धारको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलवार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौं’ उनले भने ।

सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल माथी चटयाङ परे पछि तीनै जना घाइते भएका थिए ।

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमवारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुरयाइएको छ तर उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेकाे छैन् । हिजाे मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरुलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ७ : १० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको