८ बैशाख २०८२, सोमबार | April 22, 2025

स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान



भैरहवा ।  सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ ।

सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सिमा क्षेत्र  तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी दिपक थापाले बताए । ‘१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौ’ थापाले भने ।

कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सिमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ ।

लायन्स क्लब अफ भैरहवा लिगेसी र भिम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डिएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।

सिमा सुरक्षा सँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ३ : ०५ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट