२३ भदौ २०८१, आइतबार | September 8, 2024

कोशी प्रदेश खेलकुदका सदस्य सचिव हटाउन दोस्रो पटक सोधियो स्पष्टीकरण



बिराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि ७ दिने स्पष्टीकरण सोधेकोमा चित्त नबुझेको भन्दै पुनः दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । सदस्य सचिव वाग्लेलाई पहिलो पटक गत वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधिएको थियो ।

‘तपाईँलाई मिति २०८० बैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा ९४० बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८० वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अनुसार अनुरोध छ ।’

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको ? भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् । उनलाई जिम्मेवारीवाट पदमुक्त गर्नका लागि प्रक्रिया पुरयाउनका लागि दोस्रो पटक स्पष्टीकरण सोधिएको बुझिन आएको छ ।

उता मन्त्रालयले पहिलो स्पष्टीकरण सोधे लगतै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन दिईसकिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ५५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर