९ मंसिर २०८१, आइतबार | November 25, 2024

पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं !!



काठमाडौं । घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै बिरुवाहरु मध्ये, पुदीना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ ।

पुदीनावाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।

तर यो विश्वास गरिन्छ कि जब कुनै चीज आवश्यकता भन्दा बढी प्रयोग गरिन्छ, यसको साइड इफेक्ट हाम्रो शरीरमा देखा पर्दछ । यसरी धेरै मात्रामा पुदिनाको सेवनले केही नोक्सान हुन सक्छ ।

पुदिनाबाट हुन सक्ने नोक्सानीहरु

१) ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाब दिईन्छ ।

२) गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन ।

३) पुदिनाको अत्याधिक प्रयोगले तपाईको मिर्गौला र आन्द्रालाई हानि पुर्‍याउन सक्छ ।

४) यदी तपाई मृगौलाको रोगी हुनुहुन्छ भने पुदिना नखानुहोस, यसले झन तपाईलाई समस्यामा ल्याउन सक्छ ।

५) यसले रगतमा चिनिको मात्रा कम गराउँछ ।

६) ७-८ बर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिदैन ।

७) जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुन सक्छ । त्यसैले तिनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ ।

८) तपाई कलेजोको बिरामी हुनुहुन्छ भने त सकेसम्म पुदिनाको सेवन नगर्नुहोस् ।

पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेबनले शरिरलाई अत्यधिक लाभदायक मानिन्छ । पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदीना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ ।

यसको सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नु अघि तपाईंले एक योग्य चिकित्सकसँग परामर्श भने गर्नुपर्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ५३ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू

विवाहपञ्चमीको तयारी सुरु

जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी