२३ भदौ २०८१, आइतबार | September 8, 2024

मलेसियामा हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने टोलीलाई ओलीले गरे विदाई



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयीको शुभकामनासहित विदाई गरेका छन ।

ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजयी हासिल गरी नेपालको नाम चम्काएर फर्किन शुभकामना दिए ।

मे १२,१३ र १४ गते मलेसियाको ईपोसिटीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट ६ देखि १५ उमेर समुहका १० जना खेलाडी र ३ जना अफिसियल गरी १३ जनाको टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

उनीहरु नेपाल वादरियो कराँते डो संघका तर्फबाट ती खेलाडीहरुले प्रतियोगितामा भाग लिदैछन् । टोलीको नेतृत्व कोच मोहम्मल वलीले गरेका छन ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले संयोजन गरेको उक्त शुभकामना तथा विदाई कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडीहरु उत्पादन र क्षमता वृद्धिका लागि एकेडेमी सधै समर्पित रहेको बताए । उनले खेलाडीहरुको टोलीलाई एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।

सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले प्रतियोगिता, नेपालको सहभागिता र सहभागि बारे चर्चा गरेका थिए । कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष राजेश बज्राचार्य, उपमहासचिव सुवर्णा श्रेष्ठ लगायत पदाधिकारीहरु र सदस्यहरुको सहभागिता रहेको थियो । खेलाडीहरु प्रस्थान गर्नु पूर्वसन्ध्यामा एकेडेमीले खेलाडीहरुलाई रात्रिभोज दिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : २१ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर