१७ असार २०८१, सोमबार | July 1, 2024

लागुऔषधसहित ६ जना पक्राउ



काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्बू राईलाई अवैध लागुऔषध गाँजा १७ केजीसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागुऔषध गाँजा २ केजीसहित सुखिपुर नगरपालिका-८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमातलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका-९ बनबसाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित भजनी नगरपालिका-३ ढुषी बस्ने २२ वर्षीय रन्जित पौडेलसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र सानो तराजु १ थानसहित बेलौरी नगरपालिका-३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८४ मिलिग्रामसहित झापा मेची नगरपालिका-१ बस्ने २९ वर्षीय आशिष सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ३३ बजे

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम

खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना