११ मंसिर २०८१, मंगलबार | November 26, 2024

राष्ट्रिय अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको विदाइ भेट



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया ९दक्षिण कोरिया०का राजदूत पार्क चोंग सुकले विदाई शिष्टाचार भेट गरेका छन् ।  नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार विदाई शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारीसाधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना आग्रह गरे । उनले धेरै नेपाली युवायुवतीहरुलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकोमा धन्यबाद पनि दिए ।

सो अवसरमा हाल सम्म नेपालमा कोरियन एयरलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एयरलायन्सले पनि उडान गर्न सकेको अबस्थामा प्रतिष्पर्धा हुँदा नेपाली कामदारले सस्तो मुल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले दुबै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदनप्रादन हुने अपेक्षा पनि गरे । सो अवसरमा दक्षिण कोरियाका राजदुतलाई  सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई दिदै गणतन्त्र कोरियाको राजदूतको रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबूत, प्रगाढ र व्यापक बनाउन निर्वाह गरेको सक्रिय भूमिकाको लागि धन्यवाद पनि दिए ।

शिष्टाचार भेटका अवसरमा दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरु नेपालमा आउन सक्ने कुरामा पनि जोड दिए ।

उनले दुवै देशका बीचमा भविश्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे । उनले नेपाल र दक्षिण कोरियाका बीचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : २५ बजे

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र

काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण