१० मंसिर २०८१, सोमबार | November 25, 2024

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका



गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर (खाम) भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ ।

आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर भाषा लोप हुने खतरा देखिएकाले मगर भाषा संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरेर अध्यापन गराउने गरी अहिले पाठ्यपुस्तक छपाईको तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

“पछिल्लो समय नयाँ पुस्ताले मगर भाषामा चासो दिन छाडेका छन्, गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सक्ने कानुनअनुसार अहिले कक्षा १ मा जेठ महिनाबाट अध्यापन गरिने गरी मगर भाषाको पाठ्यपुस्तक तयार भएको छ”, घर्तीले भने, “परीक्षणका लागि यो शैक्षिकसत्रमा कक्षा १ मा मात्रै लागू गर्नेछौँ, मगर भाषाको लिपि नभए पनि बोलीचालीको भाषालाई संरक्षणमा सहयोग पुग्नेछ, नयाँ पिँढीले समेत मगर खाम भाषा बोल्न सक्नेछन् ।”

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएका कारण भाषा संरक्षण थालिएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएका कारण गाउँपालिकाले पाठ्युस्तक बनाएर संरक्षण थालेको हो । बच्चाले नै पहिलो भाषाका रूपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेकाले भाषा जोगाउन पाठ्यपुस्तक नै बनाएर अध्ययन गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले खाम अध्यापनका लागि शिक्षक नियुक्तिका लागि समेत आवश्यक समन्वय गरिसकेको छ । पछिल्लो पुस्तामा खाम भाषाप्रति चासो नदेखिएकाले समस्या भएको निसीखोला गाउँपालिका-६ भल्कोटका स्थानीय अम्मर बुढामगरले जानकारी दिए । उनले परम्पराकालदेखि चल्दै आएको भाषा संरक्षणमा गाउँपालिकाले चासो दिनु सकरात्मक भएको बताए ।

बुढामगरले भने, “खामबाट बनेका गीत अहिले सुन्न पाइँदैन, लोप भइसके, सबैले आफ्ना छोरा-नातिलाई खाम सिकाउन आवश्यक छ, गाउँपालिकाले भाषा संरक्षणका लागि अझै जोड दिन आवश्यक छ, पुर्खाको भाषा जोगाउन आवश्यक छ, कतिपयले खाम बोल्नै बिर्सेको अवस्थासमेत छ ।”

गाउँपालिकाले मगर भाषा संरक्षणसँगै गाउँपालिकाको भल्कोटमा रहेको परम्परागत पुचली नाच संरक्षणमा समेत चासो दिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ५४ बजे

बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

राजापुर । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती

एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)

चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु र

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा