३१ भदौ २०८१, सोमबार | September 17, 2024

बैंग्लोरलाई ६ विकेटले हराउँदै मुम्बई आईपीएलको तेस्रो स्थानमा



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

मंगलबार वान्खडेमा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको २०० रनको लक्ष्य मुम्बईले निर्धारित १६.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ८३ रन बनाए । सूर्यकुमारले ३५ बलमा सात चौका र ६ छ्क्का प्रहार गरे । नेहल वाधेराले ३४ बलमा चार चौका र तीन छ्क्कासहित ५२ रन थपे । ओपरनर इशान किसनले ४२ रन बनाए ।

बेङ्लोरका वनिन्दु हसरङ्गा र विजयकुमार ब्यासकले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।

बेङ्लोरका ग्लेन म्याक्सवेलले ६८ रन बनाएका थिए । कप्तान फाफ डुप्लेसिसले ६५ रन थपे । दिनेश कार्तिकले ३० रन बनाउँदा केदार यादव र वनिन्दु हसरङ्गाले समान १२ रन जोडे ।

मुम्बईका जासन बह्रेन्डोर्फले तीन विकेट लिए । क्यामरून ग्रीन क्रिस जोर्डन र कुमार कार्तिकेयाले एकरएक विकेट लिए ।

जितसँगै ११ खेलबाट १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : २६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित