७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता



गोरखा । पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक-३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उनले बताए । त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिए । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५-१५ हजार पुरस्कार प्रदान गरिएको उनको भनाइ छ ।

त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०-१० हजार पुरस्कार प्रदान गरिएको उनले बताए । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।

खानेपानी आयोजना निर्माण सम्पन्न

जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिए ।

सिरानचोक गाउँपालिका-२, स्थित थालाजुङ आरुबोट कोप्चे खानेपानी आयोजना, धार्चे गाउँपालिका-३ मा रहेको उतिसखोला खानेपानी आयोजना, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा रहेको आरुबोट कोप्चे खानेपानी आयोजना यस वर्ष निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

त्यस्तै पालुङटार नगरपालिका-३ स्थित पाच्यान जुगेखोला खानेपानी योजना, चुमनुब्री गाउँपालिका-१ मा रहेको सामागाउँ खानेपानी आयोजना र गोरखा नगरपालिका-१, मा रहेको बाह्रबिसे ताप्ले खानेपानी आयोजना पनि चालु आवमा निर्माण सम्पन्न भएको प्रमुख पौडेलले बताए । त्यस्तैबाहेक १८ वटा खानेपानी आयोजना चालु आवभित्रै निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको उनको भनाइ छ ।

“९५ प्रतिशत निर्माण सम्पन्न भएका पनि थप १४ वटा आयोजना छन्, उनले भने”, ९० प्रतिसत निर्माण सम्पन्न भइसकेका योजनाहरु चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुन्छ, । प्रमुख पौडेलले जिल्लाभर निर्माणको प्रक्रियामा रहेकामध्ये थप चार आयोजनाको पनि ९० प्रतिसत भन्दाबढी काम भइसकेको बताए ।

उनले जिल्लाको आरुघाट, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिकाभित्र दुई-दुई वटा, पालुङटार नगरपालिकामा तीन वटा, भीमसेन थापा, अजिरकोट र गोरखा नगरपालिकाभित्रका एक-एक वटा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाभित्रका दुई तथा अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाभित्र एक-एक आयोजनाको काम ९० प्रतिशत भइसकेको प्रमुख पौडेलले बताए । जिल्लामा रहेको योजनामध्ये गण्डकी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसरसफाइ डिभिजन कार्यालयको तर्फबाट मात्र दुईसय ३५ वटा योजनाहरु रहेका छन् । त्यस्तै सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रम तथा योजनको जलवायु अनुकूलित बृहत् खानेपानी योजनाअन्तर्गतका कार्यक्रम पनि जिल्लामा छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २० बजे

लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा

काठमाडौं । महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौं । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’

नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने

एमाले जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौंमा हुन

लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाइ निरन्तरता दिन मुख्यमन्त्रीको आग्रह

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग स्वीट्जरल्याण्डका राजदूत डानियल