काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन ।राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन ।
‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन ।
राष्ट्रपतिको उपचार र भ्रमण खर्चका विषयमा सामाजिक सञ्जालमा अलोचनात्मक टिप्पणी आइरहेको अवस्थामा राष्ट्रपतिको सचिवालयबाट राष्ट्रपति पौडेलबाट उपचार खर्च आफै व्यहोर्ने इच्छा व्यक्त गरेको विज्ञप्ति सार्वजनिक भएको हो ।
प्रतिक्रिया