२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आज देखि बेलहिया सहितको सिमानाका बन्द हुदैँ



भैरहवा । मंगलबारदेखि बेलहिया सहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सिमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महरागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल-भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो ।

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षाा निकायको समन्वय तथा सहमतिमा नाकाहरु बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरुको बैठकले १९ गते देखि २१ गते साझ ६ बजे सम्मका लागि पूर्ण रुपमा सिमानाका शिल गर्ने निर्णय भएको हो ।

सीमा बन्द भए पनि अति आावश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकअन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनलाई नै लक्षित गरि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले पनि संयुक्त गस्ती गर्ने छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ५३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर