काठमाडौं । एसिसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध पाँचौं विकेट पनि लिन सफल भएको छ ।
नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका छन् । यसअघि ललित राजवंशीले रमिज शहजादलाई आउट गर्र्दै युएईको चौथो विकेट लिएका थिए ।
नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका छन् ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।
प्रतिक्रिया