३१ भदौ २०८१, सोमबार | September 17, 2024

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश



काठमाडौं । निरन्तर पानी परेपछि सेमिफाइनल खेल रद्द हुँदा नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीच आज भैरहेको सेमिफाइनल खेल पानी परेपछि बीचैमा रद्द हुन पुगेको हो । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

कुवेतका लागि नेपालले २८२ रनको लक्ष्य दिएको थियो । तर कुवेतले जवाफी ब्याटिङ गर्दैगर्दा लगातार पानी परेपछि खेल रद्द हुँदा नेपाल फाइनलमा प्रवेश गरेको हो । विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो ।

यसअघि पहिलो इनिङमा पनि पानी पर्दा खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ५१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित