२३ भदौ २०८१, आइतबार | September 8, 2024

‘नम्बरी सुन’ को फस्टलुकमा कलाकारको भाव



काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहिबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् ।

फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ । फिल्ममा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशमा देखाइएको छ । अभिनेता सरोजलाई गम्भीर चरित्रमा देखाइँदा राजाराम र बुद्धिलाई आश्चर्यको शैलीमा प्रस्तुत छन् ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ४५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर