१२ मंसिर २०८१, बुधबार | November 27, 2024

प्रदेश खेलकुद परिषद र प्रदेश सरकारको द्वन्द्वले लुम्बिनीमा राष्ट्रपति कप छनौट अन्यौलमा

प्रतियोगितामा भाग लिन हिँडेका खेलाडीहरु बाटोमा अलपत्र



बुटवल । लुम्बिनी प्रदेशमा ११ गतेबाट सुरु हुने भनिएको प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता अन्यौलमा परेको छ । प्रदेश सरकारले बिनियोजित बजेट एकाएक रोकिदिएपछि प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद अन्यौलमा परेको हो ।

प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरु प्रतियोगिताका लागि बुटवल प्रस्थान गर्नै लाग्दा प्रदेश सरकारबाट एकाएक बजेट निकासा रोकिदिएको भन्दै खेलाडीहरुलाई जिल्लामै रोकिएको बताइएको छ । कतिपय जिल्लाबाट झण्डा सहित बसपार्कमा बस चढ्न पुगेका खेलाडीहरु बसपार्कमै अलपत्र परेको जनाईएको छ ।

राष्ट्रपति कपका लागि प्रदेशबाट बिनियोजित २८ लाख र संघीय सरकारबाट ससर्त बिनियोजित २४ लाख रुपैयाँ रकम प्रतियोगिता सुरु हुने अघिल्लो दिन प्रदेश सरकारले निकासा रोकिदिएपछि लुम्बिनी प्रदेशमा हुने प्रतियोगिता नै अन्यौलमा परेको हो ।

पालिका र जिल्ला स्तरका सम्पूर्ण छनौट खेलहरु सम्पन्न भइसकेको र प्रदेशका लागि बन्द प्रशिक्षण पनि सकिएको अवस्थामा बजेटका कारण प्रतियोगिता अनिश्चित भएपछि खेलाडीहरुको भविश्य पनि अन्यौलमा परेको छ । प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु बुटवलका लागि हिँडिसकेको अवस्थामा प्रतियोगिता हुने विषय नै अन्यौलमा पारिएको छ । उदघाटनको अघिल्लो दिनसम्म बजेट निकासा नभएको भन्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई प्रदेश राजधानी दाङ हिँडेका छन् । स्थानीयतह र जिल्लाको छनौट सकेर बन्द प्रशिक्षण समेत सम्पन्न भइसक्दा सम्म प्रदेश सरकारबाट निकासा नभएको सदस्य सचिव भट्टराईले बताए । उनले बिनियोजित बजेट समेत प्रदेश सरकारले निकासा नगरिदिएको आरोप लगाए । परिषदबाट लगातार निकासाका लागि आग्रह गर्दा पनि निकासा नभएको भन्दै उनले यस्तो कार्यले खेलाडीको भविश्य अन्यौलमा परेको बताए ।

आर्थिक मन्दीलाई दृष्टिगत गर्दै संघीय सरकारले बिनियोजित बजेटमा सम्पन्न भइसकेका बाहेक सम्पन्न हुन बाँकी कार्यक्रमको २० प्रतिशत सम्म बजेट कटौती गर्ने परिपत्र गरेपनि लुम्बिनी प्रदेश सरकारले सम्पन्न भइसकेको सहित सम्पूर्ण बजेट कटौती गरिदिएको खेलकुद सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

उता सरकारका प्रवक्ता चेतनारायण आचार्यले भने सम्बन्धित मन्त्रालयबाट फायल नै पेश नभएको दाबी गरे । उनले बिनियोजित बजेटको निकासा रोक्ने सरकारको कुनै योजना नभएको बन्दै फायल नै पेश नभएका कारण निकासा नभएको बताए ।

तर प्रदेश खेलकुद परिषदका सदस्य सचिव भट्टराईले भने सम्पन्न भइसकेका कार्यक्रमहरुको भुक्तानीका लागि आदेश पेश हुँदा समेत बजेट ‘लक’ गरिएको बताए । उनले गत चैत्र २८ गते नै सम्पन्न भइसकेका कार्यक्रमको भुक्तानी र प्रदेश स्तरिय राष्ट्रपति कपका लागि पेश्की सहित ९४ लाखको दायित्व सहितको बजेट माग गरि फायल पेश गर्दा सम्पूर्ण बजेट रोक्का भएको बताए । उनले प्रदेश खेलकुद परिषदबाट कुनै ढिला नगरिएको पनि स्पष्ट पारे ।

निकासा सम्बन्धमा बुझ्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थलाई पटक पटक फोन गर्दा पनि उनले मोबाइल उठाएनन् ।

१२ औं राष्ट्रपति कपमा लुम्बिनी प्रदेश सर्वाधिक पदक सहित प्रथम हुनुका साथै तिनवटा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको थियो । यस वर्षको प्रदेश स्तरिय छनौटमा ५ वटा बिधामा खेलाडीहरुले प्रतियोगितामा भाग लिँदै थिए ।

प्रदेश स्तरिय छनौट प्रतियोगिता अन्यौलमा परेपछि लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला खेलकुद परिषदका अध्यक्षहरु आक्रोशित बनेका छन् । प्रतियोगिताका लागि बुटवल पुगेका उनीहरुले लुम्बिीनीमा प्रतियोगिता हुन नदिए १३ औ राष्ट्रिय प्रतियोगितामा अवरोध गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ४५ बजे

लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई बाँके एमालेको कारवाही, सदस्यता निलम्बनमा

नेपालगन्ज । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै

अदालतको अवहेलनासम्बन्धी निवेदनमा थप विवरण मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा

नेपालगन्जमा सडकमा फोहर फाल्ने विरुद्ध शून्य सहनशिलता

नेपालगन्ज । नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारबाही गर्न