२३ भदौ २०८१, आइतबार | September 8, 2024

बारा-२ मा शान्तिपूर्ण रूपमा मतदान



बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सहभागी हुँदैछन् । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् ।

यस क्षेत्रमा ८२ मतदान स्थल छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले शान्तिपूर्ण रूपमा मतदान भइरहेको र बिहान देखिनै मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको जानकारी दिएका छन् ।

निर्वाचनका लागि मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमनमा रोक लगाइएको छ भने भारतसंग जोडिएको सिमा नाका बन्द गरिएको छ । निर्वाचनको सुरक्षामा दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवालीलगायतले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : ४३ बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई