३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको सानदार जित



काठमाडौं । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेभन कन्वेले अर्धशतकीय पारी खेले । ५७ बलको सामना गरेका उनले १२ चौका र १ छक्कासहित अविजित ७७ रन बनाए । त्यस्तै, ऋतुराज गायकवाडले ३५, अजिंक्य रहाणे, अम्बाती रायडूले ९/९ र मोइन अलीले अविजित ६ रन जोडे । हैदराबादका लागि मयंक मार्कन्डेले मात्र २ विकेट लिन सकेन ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि अभिषेक शर्माले ३४, राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, हेनरिक क्लासेन, मार्को जेनसनले १७/१७ र कप्तान एडन मार्कमले १२ रन बनाए ।

चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, आकाश सिंह, माथीशा पाथिराना र महेश थिक्क्षणाले एकरएक विकेट लिए । यो जितपछि ६ खेलबाट ८ अंक जोडेको चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ मध्ये ४ मा जित र २ खेलमा हारको सामना गरेको छ ।

पराजित हैदराबाद ४ अंकसहित नवौँ स्थानमा छ । उसले ६ खेल खेल्दा ४ मा हार तथा २ खेलमा मात्र जित हात पारेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : १९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित