१० माघ २०८१, बिहिबार | January 23, 2025

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने पक्राउ



काठमाडौं । वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर १८ जनासँग ६३ लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए ।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको राठौरले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ४२ बजे

सांसद गुरुङको निलम्वन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका सांसद

सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत

काठमाडौँ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले हालसम्म करिब ४७.७

अर्कैको जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई ठगी गर्ने ३ जना पक्राउ

नेपालगन्ज । अर्कैको जग्गाको नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा

बर्दियामा चेलीबेटी बेचबिखनको जोखिममा रहेका तीन सय ३५ जनाको उद्धार

बर्दिया । बर्दियामा चेलिबेटी बेचविखनको जोखिममा रहेका र जोखिम पूर्ण

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा