३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै, बुटवलको विजय उत्सवमा प्रदेश प्रमुख सहभागी हुने



काठमाडौं । एक्कासी बेहोस भएपछि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिने भएको छ । मंगलबार बेलुकी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।

पेटमा इन्फेक्सन सहित पानी जमेको पाइएपछि उनलाई चिकित्सकको सल्लाहमा भारत लैजान लागिएको बताइएको छ । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई पुनः अस्पताल भर्ना गरिएको थियो । मंगलबार राष्ट्रपति पौडेल एककासी बेहोस भएको र तत्काल अस्पताल पु¥याइउको सितलनिवास स्रोतले जनाएको छ । विशेषज्ञ चिकित्सको सल्लाह अनुसार राष्ट्रपतिलाई भारत लैजानुपर्ने देखिएको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले बताए ।

स्वास्थ्यका कारण राष्ट्रपति सहभागि हुने भनिएका सबै कार्यक्रमहरुका कार्यसूची परिवर्तन गरिएकाछन् । बिहिबार बुटवलमा आयोजना हुने विजय उत्सव कार्यक्रममा सहभागी हुने राष्ट्रपतिको कार्यक्रमलाई परिवर्तन गर्दै प्रदेश प्रमुख सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ०४ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको