२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बङ्गलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते



ढाका । बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६ः३० बजे नाङ्गलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो ।

दुर्घटनापछि मालबाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उनले बताए ।

अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका अन्य भागसँग जोडिएको रेल सेवा घन्टौंसम्म अवरुद्ध भएको थियो । दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५८ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट